नीलकण्ठ, ११ मा लक्षित कार्यक्रम सम्पन्न, नागरिकलाई राहतको महसुस

धादिङ्ग । नीलकण्ठ, ११ मा चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान, बाख्रा बितरण, नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्न भएको छ ।
मौलिक संस्कृतिलाई जगेर्ना गर्ने, परम्परागत पेशालाई आधुनिकरण गर्ने, विपन्न महिलाहरुको जीवन स्तर उकास्ने र जेष्ठ नागरिकको सम्मान गर्ने उदेश्यकासाथ स्थानीय सरकाले छुट्टयाइयको लक्षित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मानकासाथै बाख्रा, नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम गरिएको हो ।
चालु आर्थिक बर्ष २०७७/०७८ मा लक्षित कार्यक्रम अन्तर्गत वाडाध्यक्षसहित पदाधीकारीहरुको टोलीले स्वास्थ्य मापडण्डको पालना गरि टोल तथा वाडाका विभिन्न बस्तिमा गएर १०० जना भन्दा बढि जेष्ठ नागरिकहरूलाई दोसल्लाबाट सम्मान गरिएको छ । ८० देखि १०४ बर्षसम्मका जेष्ठ नागरिकलाई दोसल्ला सहित साबुन, स्यानिटाइजर र मास्क बितरण गर्दै स्वास्थ्य सचेतना अभिवृद्धि समेत गरिएको छ ।
सो कार्यक्रम अन्तर्गते ४ सेट आरानको सामग्री बितरण गरिएको छ । यसले परम्परागत पेशालाई संरक्षण तथा पुस्तान्तरण गर्न समेत टेवा पुग्ने वाडाध्यक्ष तिलक बहादुर थापा मगरले बताए । त्यस्तै अध्यक्ष थापाका अनुसार वाडाको लक्षित कार्यक्रम अन्तर्गत ७ जना अपाङ्ग तथा २५ जना विपन्न महिलाहरुलाई बाख्रा बितरणका साथै बितरण गरिएको बाख्राहरुको सामुहिक बिमा समेत गरिएको छ । यस्ता कार्यक्रमले अतिविपन्न महिला तथा नागरीकको जीवन स्तर अकास्न मद्दत पुग्ने भएकाले यसलाई सदुपयोगका साथै व्यवसायीकरण गर्न आवश्यक रहेका थापाको भनाई छ ।
त्यस्तै मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले नेवारी पोसाक तथा पञ्चे बाजा बितरण गरिएको छ । यसले जातीय पहिचानसहतिको संस्कृति परम्परालाई जगेर्ना गर्न सहायोग पुग्ने अध्यक्ष थापाले बताए । यसले लक्षित वर्गलाई राहत महसुस भएको छ । यसले आर्थिक अवस्था उकास्न कोसेढुङ्गा हुनेछ । विभिन्न शिर्षकमा छुट्टयाइएको केहि लक्षित कार्यक्रम अझै वितरण गर्न बाँकी नै रहेको थापाले जानकारी दिए ।
सो कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले हरेका नागरिकको जीवन स्तर उकास्न, आत्म रक्षा गर्न, पेशालाई व्यवसायीकरण र पुस्तान्तरण  गर्न, परम्परागत संस्कृतिको संरक्षण गर्न स्थानीय सरकार प्रतिवद्ध भएको बताए । वाडाका विकास निर्माणसहित हरेक समस्याहरुको समाधान गर्न स्थानीय सरकारले काम थापली गरेकाले वाडामा आई छलफल तथा सरसल्लाह गरि अगाडी बढ्न सबैलाई आग्रह गरे । हामी तपाईहरुको हरेक समस्याको समाधान गर्न तत्पर छौं । तर तपाईहरुको सहगोगका आवश्यकत छ उनले भने, ‘ जनताको सेवा कै लागि आफ्नो राजनीति जीवन भएकाले विकास निर्माण, स्वास्थ्य, शिक्षा, समाजिक सुरक्षा लगायतका कार्यमा सक्दो रुपमा लागी परेछु ।’ विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले वडाको विकासमा समेत केहि असर पुगेको बताउँदै उनले सबैले सजगता अपनाई आफै सुरक्षित हन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्