नेप्सेमा करेक्सन, कारोबार रकम भने साढे १६ अर्ब नाघ्यो

काठमाडौं , असार १ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार भने तीन दसमलव ७२ अंकले घटेर तीन हजार २२ दसमलव १० बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २५ अंकले बढेर पाँच सय ५० दसमलव २६ बिन्दुमा चढेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको एक लाख ६४ हजार सात सय ९० पटकको कारोवारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा कुल कारोवार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुँदा आठ वटा समुहले गुमाएकाछन् भने पाँच वटा समुहले कमाएकाछन् । ति मध्ये आज बाँणिज्य बैक समुहको सुचक छ दसमलव आठ अंकले घटेर १९ सय ९० दसमलव ८० बिन्दुमा झरेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।

होटल तथा पर्यटन समुहको सुचक भने आज ५८ दसमलव २५ अंकले बढेर पाँच हजार नौ सय ३६ दसमलव ४६ बिन्दुमा चढेकोमा उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिईडिबी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८८ प्रतिसतले बढेर छ सय ६७ रुपैंयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छया्ङदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव ४९ प्रतिसतले घटेर चार सय ९६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १९ सय ३० रुपैयाँ अन्तिम मुल्यमा ७६ करोड १२ लाख पाँच हजार आठ सय २१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्