आजदेखि विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु भएको हो ।

कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने छ।

नयाँ शैक्षिक सत्रको तालिका असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ। भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ।

कोरोना संक्रमण सामान्य अवस्थामा नआएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्य जारी रहने जनाइएको छ। आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो। कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्