शेयर बजारमा ठूलो चलखेलको आतंक, ५१ कम्पनीको शेयर लगानी जोखिममा

काठमाठौं , असार १ । पछिल्लो समयमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका कम्पनीको शेयरमा अत्यधिक वृद्धि गरिएको देखिएको छ ।

धितो पत्र बोर्डले बजारमा शेयर कर्नरिङ, सर्कुलर कारोबार भएका आशंकामा गरेको एक अध्ययनले ५१ कम्पनीमा बजारका लगानीकर्ताले चलखेल गरेको देखाएको छ ।बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् ।

शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

बोर्डले आफ्नो अध्ययनमा एक वर्षको अवधिमा कम्पनीको शेयर ३०० प्रतिशत र सोभन्दा बढी शेयर मूल्य वृद्धि गरिएको भेटेको आफ्नो प्रतिवेदनमा उल्लेख छ ।

एक वर्षको अवधिमा कम्पनीहरूको मूल्य वृद्धि तीन सय प्रतिशत र त्यसभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र त्यसभन्दा धेरै भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अङ्कित मूल्य प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कनसमेतका आधारमा ५१ कम्पनीमा शेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ ।

मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम लगायतका कम भएका ५१ वटा कम्पनीहरुमा चलखेल भएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्