युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ ल्याउँदै !

काठमाडौं , असार १ । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन ।

युनियन लाइफ इन्स्योरेन्सले रू ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले रू ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन । दुबै कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सानिमा लाईफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । दुबै कम्पनी नयाँ बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेका हुन । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू। २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्