गण्डकी सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, सन्तानलाई मासिक ५ हजार भत्ता

काठमाडौं, असार १ । गण्डकी सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, सन्तानलाई मासिक ५ हजार भत्ता
पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८र७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्