अहंकार त्यागेर पार्टी फुटबाट जोगाउन नेता खनालको अपिल

काठमाडौं , असार २  । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ ।

पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ ।

अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकामा परिवारकै सल्लाहमा दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए ।

यसैबीच थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्