आज नेप्सेको सुचक तथा कारोवार रकम दुबैमा गिरावट

काठमाडौं , असार २ । नेप्से सुचक तथा कारोवार रकम दुबै घटेकाछन् । आज बुधबार नेप्से ५२ दसमलव ४१ अंकले घटेर २९ सय ६९ दसमलव ६९ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि आठ दसमलव ५६ अंकले घटेर पाँच सय ४१ दसमलव ७० बिन्दुमा झरेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा लघुबित्त समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३३ अंकले घटेर एक हजार नौ सय ८१ दसमलव ४७ बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ४९ दसमलव ४९ अंकले घटेर दुई हजार नौ सय ९५ दसमलव ४६ बिन्दुमा झरेकोक छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिईडिबी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९० प्रतिसतले बढेर सात सय ३३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले घटेर १२ सय ८९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १८ सय ५८ रुपैयाँ अन्तिम मुल्यमा ६० करोड ८९ लाख १९ हजार चार सय २६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्