प्रधानमन्त्री ओलीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौँ, असार २ । बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहन्छन् ।

यसअघि बिहान गृहमन्त्री अध्यक्ष रहने विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन्। बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई किस्ता २५र२५ हजार गरी स्थानीय तहमार्फत रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरेको बताए। सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाका प्रभावित परिवारले राहत पाउने भएका हुन्। देशका विभन्न ठाउँमा बाढीपहिरोमा परि कर्यौ बेपत्ता भएका छन् भने कतिको परिवार नै विस्तापीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्