अब टिकटकमा ३ मिनेटसम्मको भिडिओ राख्न पाइने

काठमाडौँ , असार ३ । टिकटक संसारभर लोकप्रिय एपमध्येको एक हो । यसको लोकप्रियता नेपालमा पनि बढ्दो छ । धेरै जनाले यही माध्यमबाट आफ्नो प्रतिभा देखाउन पाएका छन् ।

मनोरञ्जन क्षेत्रमा समेत धेरै मोडलहरू यही प्ल्याटफर्ममार्फत् भित्रिएका छन् । दिनानुदिन कलादेखि व्यवसायसम्मका प्रचारको माध्यमसमेत बन्दैछ टिकटक ।

यहीबीच यसमा एउटा फिचरसमेत थपिएको छ । सुरुवातमा यसमा जम्मा १५ सेकेन्डको भिडिओ अपलोड गर्न मिल्थ्यो । तर लोकप्रियता बढेसँगै यसको समयावधि बढाएर एक मिनेट पुर्‍याइयो । पछिल्लो पटक भने ३ मिनेटसम्मको भिडिओ राख्ने सुविधा यसले दिएको छ ।

सामान्य मानिसको पहुँचमा समेत रहेको यो एपको बढेको समयले प्रयोगकर्ता खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्