८ सयले घट्यो आज सुनको भाउ

काठमाडौं , असार ६ । स्थानीय बजारमा सुनचाँदीको भाउमा कमी आएको छ । गएको शुक्रबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले झरेको छ भने चाँदी तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्