कक्षा १२ को परीक्षा साउनको अन्तिम साताबाट

काठमाडौं , असार ७ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए ।ूकक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

यस्तै, बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो । जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिए ।

यसैगरी कक्षा ११ को अन्तिम मुल्याङ्कन असारभित्रै गरिसक्नुपर्ने छ । यसका लागि बोर्डले विद्यालयलाई अनुरोधसमेत गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्