प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने

काठमाडौं, असार १४ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्।

आइतबार नेविसंघ, अनेरास्वयू ९क्रान्तिकारी०, अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल छैंटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए।

प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका छन्।

संवैधानिक व्यवस्थाअनुसार अदालतले प्रतिनिधि सभा पुर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन्।

यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए।

लकडाउन अवधिको शुल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै बिज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

मन्त्रीजस्तो पदको मर्यादासमेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानुनलाई चुनौति दिने गरी गरेको कार्यको विरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन्।

साथै विज्ञप्तिमा सरकारसँग आमविद्यार्थी र शिक्षकलगायतलाई शिघ्र खोप व्यवस्था गरेर शैक्षिक बाताबरण तयार गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्