युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं, असार १४ । नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।

प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो।

कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर त्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउछ ।

कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्