लकडाउन अवधिमा निजी विद्यालयले लिएको शुल्क फिर्ता गरिनु पर्ने माग

काठमाडौँ, असार १४ । पाँच विद्यार्थी संगठनहरूले लकडाउन अवधिमा निजी विद्यालयले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरिनु पर्ने माग गरेका छन् । उनीहरूले शुल्क फिर्ता नभए निजी विद्यालयविरुद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

सोमबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले शुल्क फिर्ता नगरे निजी विद्यालय विरूद्ध आन्दोलनमा जाने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।

यस्तै, विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त प्रतिनिधिमण्डल जाने निर्णय भएको प्रवक्ता मैनालीले जानकारी दिए ।

शिक्षा मन्त्रीले आफ्नो पद र मर्यादालाई समेत ख्याल नगरी संविधान र कानूनलाई चुनौति दिनेखालका हर्कत गरेको ठहर गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेको छ ।

विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै सबै विद्यार्थी र शिक्षकलगायतलाई शीघ्र कोरोना विरूद्धको खोपको व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न पनि माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्वयु ९क्रान्तिकारी०, अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटनविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय पनि गरेको मैनालीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्