५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं , असार १३ । नेप्सेमा आज सोमबार पनि सुधार देखिएको छ । नेप्से आज पाँच दसमलव ११ अंकले बढेर २८ सय ७५ दसमलव ४९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव १७ अंकले बढेर पाँच सय ३३ दसमलव ५७ बिन्दुमा चढेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको ८१ हजार तीन सय पटकको कारोवारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन् भने छ वटा समुहले कमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ९५ अंकले अंकले बढेर १९ सय ५० दसमलव ४४ बिन्दुमा चढेकोमा होटल तथा पर्यटन, लघुबित्त, जीवन बीमा, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन् ।

बिकास बैंक समुहको सुचक भने ६५ दसमलव ९५ अंकले घटेर दुई हजार आठ सय ९० दसमलव शुन्य आठ बिन्दुमा झरेकोमा जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सबैको लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव १७ प्रतिसतले बढेर १७ सय ७५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ४८ प्रतिसतले घटेर तीन सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ९० रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड ९४ लाख ४८ हजार नौ सय ८९ रुपैयाँको कारोवार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्