संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १६ असार । संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा रिट दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गर्दे रिट दर्ता गरेका हुन् । साथै उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन पनि अन्तरिम आदेश माग गरेका छन् ।

संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो । उनीहरुलाई संसदीय सुनुवाइ विनै राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते नियुक्ति दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्