क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाको मृत्यु

काठमाडौं , असार १६ । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरु छन् ।

मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९।६ डिग्री सेल्सियममा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । क्यानडाको तापक्रम मंगलबार लगातार तेस्रो दिन नयाँ उचाइमा पुगेको हो ।

अधिकारीहरुले क्यानडाको केही क्षेत्रमा गर्मीको कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । क्यानडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु हुनुमा अत्यधिक गर्मी प्रमुख कारण रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्