चितवनमा बाढी पहिरो : पूर्व- पश्चिम राजमार्ग अवरुद्ध, भरतपुरमा डुवान

काठमाडौं, असार १७ । अविरल वर्षासँगै आएको बाढी पहिरोले चितवनमा राजमार्ग अवरुद्ध हुनुका साथै पुल भत्किएका छन् । भरतपुरका केही ठाउँमा डुबानमा परेका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरोले पूर्वश्चिम राजमार्ग दुइतर्फी रुपमै अवरुद्ध भएको छ । अहिले सडक खुलाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९एसपी० सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार सडकको चारकिलो र पाँचकिलो भन्ने स्थानमा पहिरो झरेको र त्यसलाई पन्छाउने काम सकिन लागेको उनको भनाइ छ । पानी पर्न छोडेपछि सडक खुलाउन सकिने उनले बताए ।सो सडकखण्ड बन्द हुँदा भरतपुर आउने र काठमाडौं पोखरा जाने सवारी साधनसमेत रोकिएका छन् ।

यस्तै लगातारको वर्षासँगै आएको बाढीले पूर्वी चितवनको लदरा खोलाको पुल भत्किएको छ । खैरहनी नगरपालिका(२ मा रहेको पुलको एक खण्ड भत्किएको हो ।

उता अविरल वर्षाकै कारण चितवनको रत्ननगर-३ स्थित शान्तिचोकमा कयर खोलाको पानी पूर्वपश्चिम राजमार्गबाट बगेको छ । कयर खोलामा बाढी आउँदा खोलाको पानी राजमार्गबाट बगेको हो । कयर खोलामा बाढी आउँदा पानीले स्थानीयवासीको घरसमेत डुबाएको छ ।

लगातार परेको पानीले भरतपुर महानगरपालिकाकाका केही वडा जलमग्न भएर डुबेका छन् । भरतपुर महानगरपालिका वडा नं। ११, १२, ७, ८, २८ लगायतका वडा डुबेका छन् ।

बर्सेनि महानगरपालिकाका यी वडा डुवानमा पर्दै आएका छन् । महानगरपालिकाले नालीविनाको सडक बनाउँदा वडा डुबानमा पर्दै आएका छन् । जिल्लाका सरकारी कार्यालयहरुसमेत बर्सेनी डुबानमा पर्दै आएका छन् ।

यस्तै देशका अन्य ठाउँमा पनि लगातारको वर्षले सडक अवरुद्ध हुन पुगेका छन् । पानि शनिबार सम्म नै जारी रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्