कमला नदीको टापुमा फसेका तीनजनाको सशस्त्र प्रहरीले यसरी गर्यो उद्धार

काठमाडौं , असार १७ । लगातारको वर्षाले देशका विभिन्न ठाउँमा अहिले बाढी र पहिरोले जनजिवन अस्तव्यस्त भएको छ ।

उता धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीनजनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै पानीको बहाव बढ्दा उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमान्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी रहेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए । यता चितवनमा पनि पहिरो र डुबान भएको छ । विभिन्न वस्तीहरु डुबानमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्