क्यानडामा हालसम्मकै उच्च तापक्रम, अत्यधिक गर्मीले मृत्यु हुनेको संख्या २३० पुग्यो

काठमाडौं, असार १७ । क्यानडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यरी यहाँ अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको क्यानाडाका अधिकारीहरुले जनाकारी दिएका छन ।

तापक्रमका कारण यहाँतातो हावा चलिरहेको छ।यो हावाले मानव शरिरमा असर परिरहेको छ । नागरिकहरुले अकालमै ज्यान गुमाउन परेको छ ।

अहिले यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ।

क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन्। जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्