विपक्षी गठबन्धनका विद्यार्थीद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, असार १७ । प्रतिनिधिसभा विघटनविरुद्ध पाँच विद्यार्थी सँगठनहरुले काठमाडौंमा प्रर्दशन गरेका छ । विपक्षी गठबन्धनका विद्यार्थीहरुले सरकार विरोधी प्रदर्शन गरेकाहुन् ।

बिहीबार प्रदर्शनीमार्गमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नाराबाजी गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राजमोका विद्यार्थीहरुले संयुक्त रुपमा पर्दशन गरेको हो ।

उक्त प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । यसअघि हिजो पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नयाँ बानेश्वरमा पुत्लादहन सँगे विरोद्ध प्रर्दशन गरिएको थियो । उक्त सँगठनले देशैभर प्रर्दशन गर्ने तयारी थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्