नेपाली बजारमा आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ, असार २२ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्