अब ईसेवाबाट कुनै पनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं , असार २२ । अब भुक्तानी सेवा प्रदायक ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि यही असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।

यो अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा दिइएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्