लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

 

काठमाडौं, असार २५ । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको बेलबारी नगरपालिका – १ गाईघाट टोलबाट तीन जना पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा बिहीबार बेलुका साढे ७ बजे तीनजनालाई पक्राउ गरिएको हो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्