कांग्रेसको प्रश्न- वीपी प्रतिष्ठानबारे प्रधानमन्त्री किन मौन?

काठमाडौं , असार २५ । वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न मागगरि चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।

एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेको कांग्रेसको ओरोप छ ।

यस बिषयलाई गम्भीरतापूर्वक लिएर संवादबाट समाधान अविलम्ब पहिल्याउन माग गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भन्यो, ‘प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो ।’

प्रधानमन्त्री ओलीले कुलपति हुनुको दायित्व पूरा नगरेको कांग्रेसको आरोप छ । ‘कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद् छ,’ विज्ञप्ति अगाडि भनिएको छ ।

प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक(पटक सार्वजनिक भएको भन्दै ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी रहेको नेपाली काग्रेसले जनाएको छ । आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्