कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन शर्माले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्