माओवादी केन्द्र ‘अवैधानिक’ भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ ।

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ ।

त्यस्तै अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज भएको छ । निर्वाचन आयोगले त्यसरी अन्य दलको लेटरप्याड दुरुपयोग नगर्न भविसोर पराजुलीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्