युरोकपको उपाधि इटालीले जित्यो

काठमाडौं, असार २८ । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा इंग्ल्याण्डले लगातार तीन प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो । खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो ।

उसका लागि लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गर्न सफल भयो । पहिलो हाफमा एक शुन्यले पछाडी रहेको इटालीले ६७ औं मिनेटमा खेल एक एकमा पु¥यायो ।

इटालीका लागि लियोनार्दो बोनुसीले गोल गरे । त्यसपछि पनि दुवै टिमबाट मौका सिर्जना भएपछि गोल हुन सकेन । जसका कारण खेल अतिरीक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमापनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा इटाली विजयी भएको हो ।

यसैबीच इटालीका बोनुसीले युरो कपको फाइनलमा गोल गर्ने बढी उमेरका सर्वाधिक खेलाडी बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्