सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र, सर्वोच्चले संविधानको रक्षा गर्‍यो: प्रचण्ड

काठमाडौं , असार २८ । नेकपा माओवादी केन्द्रले पनि संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले गरेको अपेक्षाबमोजिम नै सर्वोच्च अदालतको फैसला आएको बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी सर्वोच्चको फैसला आएपछि अध्यक्ष दाहालले सर्वोच्चले संविधानको रक्षा गरिदिएको टिप्पणी गरेका हुन्।

उनले अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको रक्षा भएको यसले कानुनी राज्यको संरक्षण गरेको बताए।

‘लोकतन्त्र रक्षाको यो आन्दोलनमा सहभागी सबैलाई म धन्यवाद दिन्छु’, फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने, ‘प्रतिगमन परास्त गर्न गरेको लडाइँ सफल भएको छ।’

यता माओवादी नेता नारायणकाजी श्रेष्ठले सर्वोेच्चले संविधान र लोकतान्त्र रक्षाको पक्षमा फैसला आएको बताएका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अस्थिरतामा फस्ने टिप्पणी गरेका छन्।

सर्वोच्च अदालतले सोमबार दिउँसो प्रतिनिधि सभाको पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले ट्वीटमार्फत् यो फैसलाले कार्यान्वयनमा जटिलता थपिने बताए।

राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा, थापाले लेखेका छन्।उनले सर्वोच्चको यो फैसलालाई ुगोरु व्यायोुको संज्ञासमेत दिएका छन्। वरिष्ठ राजनीतिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटी लिए( सर्वोच्च अदालतमा आज गोरू व्यायो, थापाले व्यंग्यात्मक शैलीमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्