चट्याङ लागेर सेल्फी खिच्दै गरेका ११ को मृत्यु

काठमाडौं, असार २८ । चट्याङ लागेर सेल्फी खिच्दै गरेका ११ को मृत्यु भएको छ । यो खबर भारतको हो ।
भारतको जयपुरमा चट्याङ लागेर आइतबार कम्तीमा ११ जनाको ज्यान गएको छ। पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला चट्याङ खसेको थियो।

किल्ला आसपासमा २७ जना रहेकोमा ११ जनाको मृत्यु भएको छ। अन्य केही जना घाइते भएका छन्।

दुर्घटनाको समयमा करिब २७ जना मानिस किल्लाको छतमा र पर्खालमा थिए। चट्याङ पर्दा केही मानिसले माथिबाट हामफालेका थिए। प्रहरीले ज्यान गुमाउनेमा धेरै जसो युवा रहेको जनाएको छ।

सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ। राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यकका परिवारलाई क्षतिपूर्ति बापत पाँच लाख रूपैयाँ दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्