४५ अंकले घट्यो नेप्से , झण्डै १० अर्बको सेयर किनबेच

काठामाडौं , असार २८ । नेप्सेको उच्च बृद्धि रोकिएको छ । अघिल्लो दिन ७५ अंकले बढेको नेप्से आज सोमबार भने एकैपटक ४५ दसमलव छ अंकले घटेर २८ सय ५४ दसमलव ७६ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि आठ दसमलव ६२ अंकले घटेर पाँच सय ३४ दसमलव ८१ बिन्दुमा झरेको छ ।

कुल दुई सय २९ वटा कम्पनीहरुको ९२ हजार एक सय ९२ पटकको कारोवारमा दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव पाँच अंकले घटेर १९ सय ५० दसमलव सात बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६० दसमलव १३ अंकले घटेर २७ सय ४७ दसमलव ५६ बिन्दुमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४० दसमलव ७१ अंकले घटेर १४ सय ३७ दसमलव १९ बिन्दुमा झरेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहरुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव २४ प्रतिसतले बढेर चार सय ४२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनियन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ३३ प्रतिसतले घटेर तीन सय ५५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको निर्धन उत्थान लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा ४७ करोड २६ लाख ५२ हजार नौ सय ५२ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्