भोलिदेखि शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोना खोप लगाइने

काठमाडौँ, असार २८ । विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत देशभरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि शिक्षक तथा कर्मचारीहरुलाई चीनले विकास गरेको ‘भेरोसेल’ खोप दिने जनाएको हो ।

शिक्षक र कर्मचारीलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना खोप सुनिश्चित नभएसम्म विद्यालयमा भौतिक उपस्थिति नहुँने जनाउँदै आएको शिक्षक महासंघले लामो समयदेखि शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोपको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्