गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटमा छलफल हुने

काठमाडौं ,असार २९ । गठबन्धन दलहरुको बैठक अहिले बस्दैछ । अहिले केहीबेरपछि सिंहरदरमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँट शपथलगायतका विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा एमाले नेता माधवकुमार नेपालबाहेकका नेता सहभागी हुने छन् ।

नेता नेपालले अब आफू गठबन्धनमा नरहन पनि सक्ने बताउँदै सोमबार नै नेताहरुलाई जानकारी गराएका थिए ।

यसैबीच नेपाली कांग्रेसबाट बालकृष्ण खाँडलाई मन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि खाँडलाई मन्त्री बनाउने तयारी गरिएको हो ।

अन्य मन्त्रीको टुङ्गो भने गठबन्धनसँगको छलफलपछि लाग्ने ती सदस्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्