शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त , ६ बजे शपथ

काठमाडौं, असार २९ । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा अहिले गठबन्धनसँग छलफलमा छन् ।

सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्