कोरोनाबाट थप १२ जनाको मृत्यु, २ हजार ३९८ संक्रमित थपिए , उपत्यकामा मात्रै ५९७ संक्रमित

काठमाडौं , असार २९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् ।११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१० भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

अहिले काठमाडौं उपत्यकामा ७ हजार ७४९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्