पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाका सामु चुनौतीको चाङ !

काठमाडौं , असार २९ । हिजो मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालका प्रधानमन्त्रीमा नियुक्त भए । आज उनले सपथ पनि लिसकेका छन् ।

सर्वोच्च अलालतको संवैधानिक इजलासबाट सोमवार भएको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नेपालको संविधानको धारा ७६ को उपधारा (५)अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको थियो । तर, परिस्थिति र संयोगबस शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे, योसँगै अब देउवाको सामु चुनौतीको चाङ खडा भएको छ ।

पछिल्लो समय नेपालको राजनीतिमा निकै उथलपुथल आयो , देउवालाई नेतृत्व दिन त्यति सहज छैन । ०५२ सालतिर देउवा प्रधानमन्त्री हुँदा जस्तो थिए , त्यसको दाँजोमा अहिले उनी शारीरिकरुपमा थकित र सुस्त पनि छन् ।पहिलाको जस्तो जोस जागर पनि नहोला । एकातिर नेकपा (एमाले)का नेताहरूले ‘जनादेश नभएका परमादेश’बाट नियुक्त प्रधानमन्त्री भन्दै देउवाको नियुक्तिप्रति कटाक्ष गरेका छन् ।

एमालेको ओली निकट समूहले अदालतको फैसला नमान्ने अडान सडकबाट लिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युँताएको छ । वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्षपछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई ब्युँताउने घोषणा गरेको हो ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्यँतिएको घोषणा गरे । माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिएको युथफोर्स पुनः मुलुकको लागि आवश्यक परेको भन्दै ब्युँताएको हो ।

युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितिमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डले जस्तै काम गर्ने दाबी गरिएको छ ।युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकताबद्ध बनाई परिचालन गर्ने जनाएको छ ।

यता भोलिको दिनमा आउने पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि सबैभन्दा ठुलो चुनौती एमालेभित्रको झलनाथ–माधव समूहबाट छ ।

उसै पनि माधव समूहले यो गठबन्धनमा नबस्ने घोषणा गरिसकेको छ ।अब विश्वासको मत कसरी लिने ? विश्वासको मत नपाएपछि के गर्ने रु उहाँसामु विश्वासको मत लिन नसक्दा दुई वटा मात्रै बाटो रहन्छ : या राजीनामा दिएर बाटो खुला गर्ने या वा धारा ७६ (५) अनुसार संविधानअनुसार निर्वाचनमा जाने ।

विश्वासको मत पाए पनि देउवाका लागि सरकार सञ्चालन गर्न त्यति सहज हुँदैन । यता एमसीसी पास गर्ने सवालमा झलनाथ–माधव समूहका केही व्यक्ति र प्रचण्डको ठुलो विरोध छ । यसमा पनि उनले कठिनको सामना गर्नु पर्ने देखिन्छ ।

देश कठिन अवस्थामा भएका बेला शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । उनका सामु ओलीतन्त्रको कुशासन अन्त्य गरेर देशलाई महामारी, अव्यवस्था र प्राकृतिक विपत्तिको पीडाबाट मुक्त गर्ने ठूलो चुनौती छ । देउवा यसपटक आफ्नो कारण वा प्रयासले सत्तामा पुगेका भने होइनन्। मूलतः सत्तारूढ दल नेकपा (एमाले) भित्रको विवाद र ओलीको अहङ्कारका कारण उनी सत्तामा जान बाध्य भएका हुन् ।
यति देशमा कोरोनाका कारण बेरोजगार छन् र भ्रष्टाचार मौलाएको छ । सेवाक्षेत्रहरु ध्वस्त भइसकेका छन् । जनता कोरोनाबाट पीडित छन् ।

यति मात्रै होइन उनकै पार्टीले महाधिवेशन नपाएको साढे ५ वर्ष भयो । पार्टीभित्रको आन्तरिक समस्यालाई उनले कसरी व्यवस्थापन गर्ने रु यो प्रश्न पनि छ । अहिलेको अवस्थामा देउवालाई असहयोग हुने जोखिम धेरै छ ।संवैधानिक निकायदेखि सार्वजनिक प्रशासन र सुरक्षा निकायसम्मको पद्धति भताभुङ्ग पारिएको छ । देउवा सत्तामा भएर पनि बाहिरिया बनाइनसक्छन् । केही सर्वोच्च अदालतको फैसलाले बोलेको छ भने धेरै पाठ इतिहासले सिकाएको छ ।

राजनीतिक कपटखेल नगर्ने, गलत सम्झौता नगर्ने, राज्यको कोषको अपव्यय र दोहन हुन नदिने, लोकतन्त्रका सार्वभौम मान्यता, संविधानको अक्षर एवं भावनाको सम्मान गर्ने तथा जनताप्रति इमानदार हुने प्रतिबद्धताबाट देउवा चुके भने उनी र उनको दलले मात्र हैन देश तथा लोकतन्त्रले नै ठूलो मूल्य चुक्ता गर्नुपर्नेछ ।

सत्ता छाड्न परे पनि सिद्धान्त, नैतिक मूल्य तथा लोकत्रान्तिक मान्यतामा सम्झौता गरेनन् भने लोकतन्त्रका लागि उनले गरेको सङ्घर्ष जनताले सम्झनेछन् । उनले पुरानै ुचरम व्यवहारवादीु प्रवृत्ति देखाए भने कलङ्क मेटाउने अर्को मौका इतिहासले नदिन सक्ला भन्न सकिदैन् । देशमा खर्च बढ्दो छ, राष्ट्रिय ढुकुटी रित्तिने क्रममा छ, आम्दानी कसरी गर्ने त्यो निक्यौल गर्नुपर्यो । एकातिर जनता रिसाएका छन्, जुन जोगी आएनी कानै चेरेका भन्ने मनासाय जनतामा छ।

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने।पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक(पटक जेल परेका थिए।त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्