राष्ट्रपतिले सच्याइन् प्रधानमन्त्रीको नियुक्ति, देउवाले लिए शपथ

काठमाडौं, असार २९ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । ६ बजे हुनुपर्ने शपथ ग्रहण दुई घण्टा ढिला गरी भएको हो ।प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याएकी छन्।

देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्