देउवा नेतृत्वमा ५ सदस्यीय बन्यो मन्त्रिपरिषद्, गृहमा खाण र अर्थमा शर्मा

काठमाडौं, असार २९ । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्।

शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् । योसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्पिरिषद् गठन भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्