प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राको बधाई

काठमाडौं, असार ३० । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् ।

देउवा निवास वुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा उनले दुवै देशको वर्षौं पुरानो सम्बन्ध थप मजवुत हुने बताएका थिए । देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्