नेप्सेमा सामान्य बृद्धि : आठ वटा समुहले कमाउँदा पाँच वटाले गुमाए

काठमाडौं , असार ३० । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन बुधबार एक दसमलव शुन्य एक अंकले बढेर २८ सय ७२ दसमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव १४ अंकले घटेर पाँच सय ३९ दसमलव ३८ अंकमा झरेको छ ।

आज दुई सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय ९१ पटकको कारोवारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणामा सेयर किनबेच हुंदा कुल कारोवार रकम पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव २२ अंकले घटेर १९ सय ५७ दसमलव ९६ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ८२ दसमलव पाँच अंकले घटेर १३ हजार नौ सय ७९ दसमलव ८६ बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहहरुको सुचक पनि घटेकाछन् । जलबिद्युत समुहको सुचक भने आज ७४ दसमलव ९२ अंकले बढेर २८ सय ३६ दसमलव ४१ बिन्दुमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव १० प्रतिसतले बढेर चार सय ५४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नबिल व्यालेन्स फण्ड २ को प्रतियुनिट सेयर मुल्य भने दुई दसमलव ८३ प्रतिसतले घटेर १३ रुपैयाँ ७३ पैसामा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा गोर्खाज फाईनान्सको प्रतिकित्ता ११ सय ८० रुपैयाँ अन्तिम मुल्यमा २९ करोड ४७ लाख ६९ हजार दुई सय ५० रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्