कम्पनीले कामबाट निकालेपछि साउदीमा २४ नेपाली कामदार अलपत्र

काठमाडौं, असार ३१ । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेका हुन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको गुनासो गरेका छन् ।

कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताए ।

साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता नगरेको उनीहरुको भनाइ रहेको छ । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएका छन् उनीहरु ।

नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ ।

अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।यसरी आफ्नो देशबाट बाहिर गएका धेरैले यस्तो समस्या भोगीरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्