‘थोपडाले धोका दियो बरिलै’ गीत युट्युव ट्रेनिङको २४ नम्बरमा, जताततै भाइरल (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, असार ३१ । नेपाली बजारमा तीजका गीत आउन सुरु भइसकेका छन् । अहिले कलाकार गीत बजारमा ल्याउन ब्यस्त छन् । कोरोना महामारीले घरभित्रै बसेका कलाकार अहिले भने गीत बजारमा ल्याउन , गाउनमा ब्यस्त हुन थालेका छन् । केहि गीत बजारमा आइसकेका पनि छन् । गीत आउने क्रममै एउटा गीतले अहिले बजार निकै तताएको छ । त्यो गीत हो ‘थोपडाले धोका दियो बरिलै’ । यो गीतले अहिले सबैको मन जितेको छ ।

अझ भनौ टिकटकमा झनै भाइरल बनेको छ । सबैको मन ओठमा यो गीत झुन्डिएको छ । गीतलाई अहिलेका युवा युवतिले निकै रुचाएका छन् । यस गीतमा आवाज रहेको छ अहिलेकी निकै ब्यस्त गायिका सुनिता बुढा क्षेत्री र गायक भागिरथ चलाउनेको ।

सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गित संगित क्षेत्रमा निरन्तर क्रियाशिल छन् । उनका हरेक श्रृजनाले चर्चा पाउने गरेका छन् । यस्तै सुर्खेतकी चेली सुनिताको त के कुरा गर्नु र अहिले बजार नै उनको गीतले तातेको छ । अहिले उनले दैनिक जसो ४ वटा सम्म गीत गाउन थालेकी छन् । उनका थुर्पै गीत आउने क्रममै छन् भने कतिपय गीतले बजारमा चर्चा बटुली रहेका छन् ।

यो गितले दर्शक तथा श्रोतको मन जित्न सफल भएको छ । यति मात्रै होइन गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । अहिले गीत युट्युव ट्रेनिङको २४ नम्बरमा रहेको छ । यस गितको भिडियोलाई भागिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको यस गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेको अभिनय रहेको छ । बिष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्