काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट गर्ने ३ पक्राउ

काठमाडौँ, असार ३१ । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

पक्राउ पर्नेमा बाराको निजगढका १८ वर्षीय समिर तामाङ, सोही ठाउँका २२ वर्षीय विरस मगर र खोटाङको बतासेका १९ वर्षीय भिम राई रहेका छन्।

उनीहरु सबै गोकर्णेश्वर बस्दै आएका थिए। पछिल्लो समय काठमाडौं उपत्यकामा चोरीका घटनाहरु बढ्दै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्