देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, असार ३१ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बर्दिया, सप्तरी, ईलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ स्याउली बजारमा ११५-०-००-३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-८ स्याउली बजार बस्ने ७५ वर्षीया देवी गुरुङको बुधबार साँझ मृत्यु भएको छ । बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-५ स्थित सडकमा रा।४ प ९५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय सरयोग रायको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाम, माङसेबुङ गाउँपालिका-४ मार्चेबुङ बस्ने ३६ वर्षीय धन बहादुर राईले चलाएको मे।८ प ६०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित रतुवा पुल नजिक सेतेभिडबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमा हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेत, बराहताल गाउँपालिका-८ भुटुकेस्थित सडकमा ना।५ ख ३३२ नम्बरको ट्रकको ढोकाबाट खसेर ट्रकमा सवार बराहताल गाउँपालिका-*८ जोगिडाँडा बस्ने ३६ वर्षीय सूर्य बहादुर शाहीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ मैनहवा चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही नगरपालिका-८ मैनहवा बस्ने बिक्की गुप्ताको छोरा ५ वर्षीय प्रिन्स गुप्ताको बुधबार साँझ मृत्यु भएको छ । बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, महागढीमाई नगरपालिका-२ स्थित सडकमा प्रदेश २-०३-००१ ख ०७१५ नम्बरको ट्रकले स।५ प ९५३७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा सखुहवा प्रसौनी गाउँपालिका(६ घर भएका ४४ वर्षीय रमेश कुमार राउतको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानरगपालिका(२० राझा चोकमा भे।७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक राझा एअरपोर्ट डेरा गरी बस्ने हुम्ला सर्केघाट गाउँपालिका(७ घर भएका २२ वर्षीय शंक शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, लक्ष्मीनियाँ गाउँपालिका(७ स्थित खेत जोत्ने क्रममा ज।१ त ७९०१ नम्बरको ट्याक्टर पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय मनोज साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्