नेप्सेमा दोहोरो अंकले बृद्धि, ८ अर्ब १४ करोडको कारोबार

काठमाडौं , आसर ३१ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज बिहिबार ११ दसमलव ३३ अंकले बढेर २८ सय ८३ दसमलव ३८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ९३ अंकले बढेर पाँच सय ४१ दसमलव ३३ बिन्दुमा चढेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको ७३ हजार दुई सय ७२ पटकको कारोवारमा पाँच करोड ८५ लाख दुई हजार एक सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम आठ अर्ब १४ करोड ३६ लाख १४ हजार तीन सय दुई रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव तीन अंकले बढेर १९ सय ६४ दसमलव २६ बिन्दुमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ४७ दसमलव ८९ अंकले बढेर २५ सय दुई दसमलव १३ बिन्दुमा चढेको छ ।

यसैगरी जलबिद्युत, निर्र्जिवन बीमा, ट्रेडिङ, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन् । बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ९१ प्रतिसतले बढेर चार सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कृषि बिकास बैंकको ऋणपत्रको प्रतियुनि सेयर मुल्य तीन दसमलव ९० प्रतिसतले घटेर एक हजार ८३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवारका आधारम पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता १२ सय २१ रुपैयाँ अन्तिम मुल्यमा ३६ करोड ६१ लाख ७५ हजार चार सय ९९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्