थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु , एक हजार ७ सय निको भए

काठमाडौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ४६३ जनाको मृत्यु भएको छ । पछिलो समय कोरोना बढ्दै पनि जान थालेको छ । यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५५३ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ३३९ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ८० र ललितपुरमा १३४ संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ७ हजार ६९३ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ५ हजार ४५८, भक्तपुर जिल्लामा १०६२ र ललितपुर जिल्लामा १ हजार १७३ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्