नेप्से २८ सय ८३ अंकमा,सातामा ३७ अर्ब ३८ करोडको सेयर किनबेच

काठमाडौ , साउन १। यो साता नेप्से २८ सय ८३ दसमलव ३८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दसमलव ३१ अंकमा पुगेको छ । यो साता नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोवारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोवारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा नेप्से बढेको थियो ।

जसमध्ये पहिलो दिन नेप्से ७४ दसमलव ७१ अंकले बढेर २८ सय ९९ दसमलव ८२ अंकमा पुग्दा सेन्सिटिभ पनि १३ दसमलव ७७ अंकले बढेर पाँच सय ४३ दसमलव ४३ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ४५ दसमलव छ अंकले घटेर दुई हजार आठ सय ५४ दसमलव ७६ अंकमा झर्दा सेन्सिटिभ पनि आठ दसमलव ६२ अंकले घटेर पाँच सय ३४ दसमलव ८१ अंकमा झरेको थियो । तेस्रो दिन भने नेप्से १६ दसमलव ३४ अंकले बढेर दुई हजार आठ सय ७१ दसमलव तीन अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ७४ अंकले बढेर पाँच सय ३९ दसमलव ५१ अंकमा पुगेको थियो ।

चौथो दिन पनि नेप्से एक दसमलव एक अंकले बढेर दुई हजार आठ सय ७२ दसमलव पाँच अंकमा पुगेकोमा सेन्सिटिभ भने शुन्य दसमलव १४ अंकले घटेर पाँच सय ३९ दसमलव ३८ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से ११ दसमलव ३३ अंकले बढेर दुई हजार आठ सय ८३ दसमलव ३८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि एक दसमलव ९३ अंकले बढेर पाँच सय ४१ दसमलव ३१ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता यिनै कम्पनीहरुको बर्चश्व रहेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स आदि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता डिप्रोक्स लघुबित्त बित्तीय संस्था, नेपाल लाईफ इन्योरेन्स कम्पनी, महालक्ष्मी बिकास बैंकको ऋणपत्र सहितका चार वटा कम्पनीहरुको बोनस सेयर सुचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्