देशका विभिन्न ठाउँमा चारजना मृत फेला

काठमाडौं । दोलखा, रुपन्देही, अछाम र कैलालीमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

दोलखा, कालिन्चोक गाउँपालिका–५ लापिलाङ पुरानागाउँ बस्ने ३८ वर्षीय नरेश कार्की सोही ठाउँस्थित बाख्रे खोलाको ढुङ्गामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । बुधबार साँझदेखि घरबाट हिँडेका उनी घर नफर्कीएपछि खोजी गर्न क्रममा उनको शव फेला परेको हो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित सडक छेउमा हाल नाम र थर नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

अछाम, चौरपाटी गाउँपालिका–४ चित्रेस्थित बुढीगंगा नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

कैलाली, गोदावरी नगरपालिका–२ गौडीस्थित गोदावरी खोलाको किनारमा करिब ५ महिनाका बालक मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्