प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ , साउन १ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत यान्छीले देउवालाई भेटेकी हुन् ।भेटमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालका लागि अमेरिकी र भारतीय राजदूतले उनको निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्